मुग्लिन–नारायणगढ सडकमा बसले ट्रकलाई ठक्कर दिँदा आठ जना घाइते

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९, खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ४ बजेर १० मिनेटमा काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा ट्रक चालकसहित बस र ट्रकमा सवार आठ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिएका छन्। दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box