त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सात जना रहेको अनुमान

काठमाडौँ, १९ भदौ – भोटेकोसी–त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र फसेका सञ्जय साहको उद्धार गरिसकिएको छ। त्यसपछि दोस्रो व्यक्तिको पनि सकुशल उद्धार गरिएको उनले जानकारी दिएका छन्।

उद्धार कार्यमा खटिएका इन्जिनियर उदय न्यौपानेका अनुसार सुरुङभित्र अझै झन्डै सात जना रहेको अनुमान गरिएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि आयोजनाको सुरुङभित्र मानिस फसेको जानकारी प्राप्त भएको थियो। शुक्रबार बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएपछि उद्धार टोलीले खोजीलाई तीव्र बनाएको थियो।

Facebook Comments Box