कोशी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

विराटनगर, १ भदौ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ। नेकपा र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालयसहित एक–एक जना राज्यमन्त्री पाउने गरी जिम्मेवारी बाँडफाँट गरिएको हो।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको छ। सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नेतृत्व गर्नुहुनेछ। इन्द्रमणि पराजुलीलाई स्वास्थ्य, विदुरकुमार लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी, तिलचन पाठकलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र खिनु लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास, गम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

Facebook Comments Box