आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौँ,  १५ जेठ – आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा आफ्नो पहिलो बजेट प्रस्तुत गर्दै चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् कुल बजेटको ५९ दशमलव ८ प्रतिशत विनियोजन गरिएको जानकारी दिए ।

त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २० दशमलव ३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९ दशमलव ९ प्रतिशत बजेट छुट्याइएको छ ।

सरकारका अनुसार यो बजेट चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशत बढी हो । यसअघि चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेल ले गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

बजेट पूर्णपाठ :

 

Facebook Comments Box