सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ, १२ वैशाख – सशस्त्र प्रहरी बल नेपालका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजी पदका लागि सिफारिस सूची सार्वजनिक गरेको हो ।

सिफारिस सूचीमा पहिलो नम्बरमा दिगविजय सुवेदी परेका छन् । त्यसैगरी किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई पनि डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिले उक्त निर्णय गरेको हो ।

Facebook Comments Box