इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा

काठमाडौं, ३ वैशाख – इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल का अनुसार झा हाल इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतार स्थित दूतावाससँग सम्पर्कमा रहेका छन्। उनलाई सुरक्षित रूपमा इरानबाट बाहिर ल्याउने प्रक्रिया अघि बढाइएको मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका थिए। यसैबीच, इरान, इजरायलसंयुक्त राज्य अमेरिका बीचको जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रियाद मा १७, दुबई मा १५, जेद्दा मा ५, अबुधाबी मा ४, तेल अविव मा ३, कतार मा २ तथा ओमानबहराइन मा एक/एक शव नेपाल ल्याउन बाँकी छन्।

Facebook Comments Box