इन्धनको मूल्य वृद्धि, डिजेल–मट्टितेलमा ३० रुपैयाँ बढ्यो

काठमाडौं, ३ वैशाख –  नेपाल आयल निगम ले इन्धनको मूल्य पुनरावलोकन गर्दै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३० रुपैयाँले बढाएको छ। निगमका अनुसार हवाइ इन्धन (आन्तरिक) पनि प्रतिलिटर ५ रुपैयाँले महँगिएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। पहिलो वर्गमा २३४.५० रुपैयाँ र दोस्रो वर्गमा २३६ रुपैयाँ कायम गरिएको छ। मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन ले नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि इन्धनको मूल्य समायोजन गरिएको हो।

Facebook Comments Box