मौसम पूर्वानुमान : देशभर बदली,चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २५ चैत  – मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभावका कारण गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशकोशी प्रदेश का हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा पनि सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी–हिमाली क्षेत्रमा केही स्थानमा, साथै मधेस प्रदेश लगायत तराईका थोरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

Facebook Comments Box