नेकपा एमालेले केन्द्रीय समितिमा २ जना थप

काठमाडौं, २९ साउन – नेकपा एमालेले केन्द्रीय समितिमा २ जना थप गरेको छ। पार्टीको सोमबार बसेको सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

न्यौपाने नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गरेका थिए। एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपाने भने एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनका मुख्य नेता थिए। त्यस्तै, लामा ०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका थिए। त्यसपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए।

Facebook Comments Box