खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ, २० फागुन – मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै परराष्ट्र मन्त्रालय ले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलको प्रचारप्रसार तथा समन्वय कार्य खाडी क्षेत्रस्थित नेपाली दूतावासहरूले तीव्र पारेका छन्। नेपाली दूतावास रियाद ले नेपाली नागरिकको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिँदै आवश्यक विवरण उपलब्ध गराउन त्यहाँ रहेका नेपाली श्रमिकलाई आग्रह गरेको छ।

दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी सूचना सङ्कलन गरी आवश्यक परेमा कारबाही तथा सहजीकरण गर्न उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो। मन्त्रालयले तयार पारेको पोर्टलमार्फत साउदी अरेबियायमन मा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गरिने जनाइएको छ। यसैबीच विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाहरूले पनि नेपाली समुदायलाई आवश्यक सहयोग पुर्‍याउन सम्पर्क व्यक्ति तोकेको जानकारी दिएका छन्।

Facebook Comments Box