एनपिएल: आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज आमनेसामने
काठमाडौँ, १४ मङ्सिर – त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगलायमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्। खेल अपराह्न ३:३० बजे शुरू हुनेछ।सोमपाल कामी नेतृत्व रहेको कर्णाली याक्सले चार खेलमध्ये एकमात्र जित निकाल्दै २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
प्लेअफको आशा जोगाइरहन कर्णालीका लागि आजको खेल जित्नैपर्ने स्थिति छ। उता, करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाज प्रतियोगिताको तेस्रो स्थानमा छ। प्लेअफ प्रवेश सुनिश्चित गर्न काठमाडौँका लागि पनि आजको मुकाबला महत्वपूर्ण रहनेछ।
Facebook Comments Box

