क्रिप्टो करेन्सी कारोबार आरोपमा एक युवक पक्राउ

काठमाडौँ, १२ मङ्सिर – नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ। अभौतिक मुद्रा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा बारा, कलैया घर भई डल्लुमा बस्दै आएका सेफलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए।

सेफको साथबाट विभिन्न कम्पनीका दुई वटा मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनको मार्फत रु १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको अभौतिक कारोबार गरिएको तथ्य फेला परेको प्रहरीले बताएको छ।अभौतिक मुद्राको प्रयोग सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box