आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ मङ्सिर – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा राखिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ २१ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा तोकिएको छ। साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा निर्धारित गरिएको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६१ पैसा तय भएको छ। साउथ कोरियन वन सयको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०८ पैसा र बिक्रीदर २२ रुपैयाँ १८ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ १९ पैसा तथा बिक्रीदर ४६६ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ३७९ रुपैयाँ ६८ पैसा, ओमानी रियाल एकको खरिददर ३७० रुपैयाँ २३ पैसा तथा बिक्रीदर ३७१ रुपैयाँ ७९ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर कुनै पनि बेला परिमार्जन गर्न सकिने र अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

Facebook Comments Box