मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त
काठमाडौँ, २४ कात्तिक – मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् । पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । उनलाई आइतबारकै मितिमा नियुक्तिपत्र प्रदान गरिएको छ ।
Facebook Comments Box

