काठमाडौँमा उपत्याकामा ७ जना सहित देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २८ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ७ जना सहित देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार १९३ आरटी पीसीआर तथा ९८० एन्टीजेन परिक्षण सहित २ हजार १७३ जनाको परिक्षण गर्दा थप १७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४१ हेको छ भने सक्रिय संक्रमितको संख्या १०७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार १९२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

