आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ कात्तिक – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १४०.२६ र बिक्रीदर रु १४०.८६ कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर रु १६२.८३ र बिक्रीदर रु १६३.५३, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु १८६.७० र बिक्रीदर रु १८७.५०, तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १७६.०३ र बिक्रीदर रु १७६.७८ निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर रु ९१.१२ र बिक्रीदर रु ९१.५१, क्यानेडियन डलर एकको खरिददर रु ९९.९८ र बिक्रीदर रु १००.४१, सिङ्गापुर डलर एकको खरिददर रु १०७.९० र बिक्रीदर रु १०८.३६ तोकिएको छ। जापानी येन १० को खरिददर रु ९.१७ र बिक्रीदर रु ९.२१, चिनियाँ युआन एकको खरिददर रु १९.६९ र बिक्रीदर रु १९.७८, साउदी अरेबियन रियाल एकको खरिददर रु ३७.४० र बिक्रीदर रु ३७.५६, र कतारी रियाल एकको खरिददर रु ३८.४८ र बिक्रीदर रु ३८.६५ कायम भएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर रु ४.२८ र बिक्रीदर रु ४.३०, युएई दिराम एकको खरिददर रु ३८.१९ र बिक्रीदर रु ३८.३५, मलेसियन रिङ्गेट एकको खरिददर रु ३३.२१ र बिक्रीदर रु ३३.३६, साउथ कोरियन वन १०० को खरिददर रु ९.७४ र बिक्रीदर रु ९.७९, स्वीडिस क्रोनर एकको खरिददर रु १४.९३ र बिक्रीदर रु १५.००, तथा डेनिस क्रोनर एकको खरिददर रु २१.८० र बिक्रीदर रु २१.८९ निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार, हङकङ डलर एकको खरिददर रु १८.०५ र बिक्रीदर रु १८.१३, कुवेती दिनार एकको खरिददर रु ४५७.३३ र बिक्रीदर रु ४५९.२९, बहराइन दिनार एकको खरिददर रु ३७२.०७ र बिक्रीदर रु ३७३.६६, तथा ओमानी रियाल एकको खरिददर रु ३६४.३० र बिक्रीदर रु ३६५.८६ कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Facebook Comments Box