पाँचथरमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु
पाँचथर, १८ असोज – पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिके डाँडामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी आज दिउँसो सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरी प्रमुख डिएसपी अनिशकुमार कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थलमा उद्धारकार्य जारी रहेको छ भने मृतकहरूको पहिचान खुलेको छैन । शव निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

