मनकामना केबलकार तीन दिनका लागि बन्द
चितवन, १५ असोज – गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर जाने प्रमुख यातायात माध्यम मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द भएको छ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनका अनुसार असोज १५ देखि १७ गतेसम्म सेवा बन्द रहने र असोज १८ गतेदेखि पुनः नियमित सञ्चालनमा आउनेछ। मनकामना मन्दिरमा दर्शनार्थीको सहज आवागमनका लागि सञ्चालन गरिएको यो नेपालकै पहिलो केबलकार हो।
Facebook Comments Box

