आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १२ असोज — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहँदा स्थानीय वायुको आंशिक प्रभाव जारी छ। आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभाग आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ।

Facebook Comments Box