नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा, यात्रु र चालकलाई सतर्कता अपनाउन आग्रह
चितवन, ६ असोज – गत शुक्रबार तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राति पुनः बन्द गरिएको थियो।
आज बिहानदेखि एकतर्फी आवागमन गर्दै आएको सडकलाई दिउँसो १ देखि ३ बजेसम्म पूर्णरूपमा बन्द गरी पहिरो पन्छाइएपछि साँझ ५:३० बजेदेखि दुवैतर्फ आवागमन सुरु गरिएको हो।
यद्यपि अझै पहिरो खस्ने जोखिम कायम रहेकाले जिल्ला प्रशासन कार्यालयले सवारी चालक र यात्रुलाई सतर्क रहन आग्रह गरेको छ।
Facebook Comments Box

