बिहीबारदेखि शेयर बजार पुनः सञ्चालन हुने

काठमाडौँ, १ असोज – ‘जेनजी’ प्रदर्शनका कारण रोकिएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार स्थगित हुँदै आएको थियो । अवस्था सामान्य भए पनि अनावश्यक रूपमा बजार बन्द गरिएकाले बोर्ड र नेप्से दुवैलाई आलोचना खेप्नुपरेको थियो ।

बोर्डले मंगलबार नयाँ निर्देशन जारी गर्दै धितोपत्रको दोस्रो बजार कारोबार पूर्ववत् सञ्चालन गर्न आदेश दिएको छ । सोहीअनुसार नेप्सेले बिहीबारदेखि नियमित कारोबार सुरु गर्ने तयारी गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

Facebook Comments Box