मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा
जनकपुर, १९ भदौ – मधेस प्रदेश सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले आज जारी गरेको सूचनामा मोहम्मद जयन्तीका अवसरमा भोलि (भदौ २० गते) प्रदेशभरि सार्वजनिक बिदा हुने जनाइएको हो ।
यसअघि २०८१ चैत २२ गतेको राजपत्रमा प्रकाशित अतिरिक्त बिदासम्बन्धी सूचनाअनुसार यस वर्ष पनि मोहम्मद जयन्तीको दिन बिदा दिइने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
Facebook Comments Box

