हिलाम्मे सडकले ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती
बागलुङ, १६ भदौ – नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडक दुरावस्थामा रहेकाले पर्यटकले सास्ती खेपिरहेका छन्। राष्ट्रिय प्राथमिकताको आयोजना मानिएको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा यातायात सहज हुन सकेको छैन।
ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक केही सहज भए पनि त्यसपछाडिको खण्ड साँघुरो, खाल्डाखुल्डी र हिलाम्मे छ। वर्षा लागेपछि सडकमा लेदो र ढुङ्गा थुप्रिँदा सवारीसाधन गुडाउनै मुस्किल हुने गरेको छ। प्रायः पर्यटक मोटरसाइकल र जिपमा पुग्ने गरे पनि बीच बाटोमै बिग्रिने घटनाले यात्रामा थप बाधा पुर्याउँछ।
ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरका अनुसार सडकका कारण हजारौँ स्थानीय र आगन्तुक पर्यटकले दीर्घकालदेखि दुःख भोगिरहेका छन्। उनले निर्माण कम्पनीले समयमा काम नगरेको र बारम्बार आग्रह गर्दा पनि कार्यान्वयन नभएको गुनासो गरे।
यस्तै, नवलपुरका तुफान सापकोटाले सामाजिक सञ्जालमार्फत ढोरपाटनको सौन्दर्य देखेर घुम्न आएका थिए। तर फल्लेघरमुनि सडकमा गाडी बिग्रिएपछि दुई दिनसम्म अलपत्र पर्नुपरेको अनुभव सुनाउँदै उनले भने, “ढोरपाटन यति सुन्दर छ, तर सडकको अवस्था निकै खतरनाक रहेछ। यस्तो थाहा पाएको भए सायद आउँदैनथ्यौँ।”
विसं २०७१ मा गङ्गरे–ढोरपाटन ६१ किलोमिटर सडक ट्रयाक खुलेको थियो। सालझण्डीदेखि ढोरपाटन जोड्ने कुल दूरी १९७ किलोमिटर भए पनि स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्का सम्झौता भएको काम हालसम्म अघि बढ्न सकेको

