पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना

तनहुँ, १८ साउनः तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पृथ्वीराजमार्ग अन्तर्गत आज दिउँसो गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस सडकबाट तल खस्दा दुर्घटना भएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका पाँच जनालाई उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ।

बस मस्र्याङ्दी नदीको माथिल्लो भागमा अड्किएको छ। बसलाई तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box