प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै

काठमाडौँ, २५ असार — संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक र प्रतिवेदन प्रस्तुत तथा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

सम्भावित कार्यसूची:

  1. महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन पेस

    • समितिका सभापति किरणकुमार साहले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नेछन्।

  2. बालबालिकासम्बन्धी विधेयक प्रस्तुत

    • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीले

      • ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने र

      • सो विधेयक स्वयं प्रस्तुत गर्ने प्रस्तावहरू बैठकमा पेश गर्नेछन्।

  3. भूमिसम्बन्धी विधेयकमाथि छलफल र निर्णय

    • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

      • ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि दफावार छलफल अगाडि बढाउने प्रस्ताव

      • संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने र

      • सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने तयारी छ।

  4. संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि विचार

    • सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त विचार र संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ।

Facebook Comments Box