काठमाडौँ महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन खुला

काठमाडौँ, असार १८ — काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।

सूचना अनुसार, आजैदेखि असार २७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। विद्यार्थीहरूले काठमाडौँ महानगरको वेबसाइट वा सिधै entrance.kathmandu.gov.np मा गएर फारम भर्न सक्नेछन्। महानगरले छात्रवृत्तिका लागि छनोट परीक्षा साउन ३ गते, बिहान ८:०० देखि १०:०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।

Facebook Comments Box