पाँच महानगरले बजेट पेस गरे, काठमाडौँको भने रोकियो

काठमाडौँ, ११ असार — संवैधानिक प्रावधानअनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार अधिकांश स्थानीय तहहरूले मङ्गलबारसम्म आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन्।

छवटा महानगरपालिकामध्ये विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखराले समयमै बजेट पेस गरे पनि काठमाडौँ महानगरपालिका भने पछाडि परेको छ। आन्तरिक विवादका कारण राजधानी महानगरको बजेट समयसीमाभित्र प्रस्तुत हुन सकेको छैन।

काठमाडौँ महानगरपालिकाको बजेटप्रति सार्वजनिक चासो बढी रहने गर्छ, किनभने यसले संघीय सरकारका कुनै मन्त्रालयको भन्दा बढी बजेट परिचालन गर्ने गर्छ। तर, नगरसभा नै बस्न नसकेकोनीति तथा कार्यक्रमबारे सम्बन्धित पदाधिकारीबीच छलफल हुन नसकेको जनाइएको छ।

महानगरको तर्फबाट हालसम्म कोही पनि जिम्मेवार व्यक्तिले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहबीच असहमति वा समन्वय अभाव रहेको अनुमान गरिएको छ।

यस्तै, केही अन्य स्थानीय तहहरूमा पनि प्राविधिक कारण र आन्तरिक विवादले गर्दा बजेट समयमै प्रस्तुत हुन सकेको छैन

Facebook Comments Box