काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारीमा एसपी विष्णु जोशी

काठमाडौं, २० जेठ – काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।

महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले यसबारे आफूलाई अनौपचारिक जानकारी मात्रै आएको सुनाए ।

‘म कार्यालयकै कामले अहिले फिल्ड तिर छु, मैले पनि सुनेँ तर आधिकारिक जानकारी छैन,’ जोशीले भने ।

Facebook Comments Box