एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं, ३० वैशाख – नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठक आज पनि बस्दैछ। शनिबारबाट सुरु भएको बैठकमा नेताहरूले बोल्न बाँकी रहेकाले आज पनि बैठक निरन्तर बस्न लागेको हो।

आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्थायी कमिटी बैठक सुरु हुने एकीकृत समाजवादीले जनाएको छ। पोलिटब्युरो बैठक भने साँझ सुरु हुनेछ। हिजोको बैठकमा अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई समेटेर आफ्ना भनाई राखेका थिए।

Facebook Comments Box