गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा तराई भूभागमा हावाहुरीको सम्भावना

काठमाडौँ, २४ चैत – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला  गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागको मौसम आंशिक बदली रहने अनुमान छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थानमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदई स्थानमा हल्का हिमपातको सम्भावना छ भने गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने छ।

राति पनि गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box