विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिए
काठमाडौँ, २० माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्। शनिबार दिउँसो नेपालखबरसँग कुराकानी गर्दै उनले व्यक्तिगत कारणले राजीनामा दिएको पुष्टि गरे। ‘व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, अन्य कुनै कारण छैन,’ चन्दले नेपालखबरसँग भने।
चन्द गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा थिए। स्रोतका अनुसार उनी प्रदेशको कमाण्ड गरेर जान चाहन्थे। प्रदेशको कमाण्ड नपाएपछि चन्द नेतृत्वसँग असन्तुष्ट थिए। उनी अहिलेका महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचका अधिकृत हुन्।
Facebook Comments Box

