काठमाडौंको कपन लगायतका क्षेत्रमा बाढी
काठमाडौं, २५ असार – काठमाडौंको कपन लगायतका क्षेत्रमा बाढी आएको छ। सोमबार दिउँसो परेको वर्षाका कारण बूढानिलकण्ठदेखि कपन मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्रमा बाढी आएको हो।
हरेक वर्ष यस क्षेत्रमा आएको बाढीले कयौं क्षति हुने गरेको छ। स्थानीयका अनुसार अहिले कपनको मिलनचोकदेखि दुर्गामन्दिर सम्मको क्षेत्रमा ठूलो बाढी आइ घरहरु डुबानमा परेको छ।
सोही क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले पनि यसअघि कपनमा बाढी आउँदा आफूले धेरै गाली खानुपरेको गुनासो गरेका थिए।
Facebook Comments Box

