२९ देशका प्रतिनिधी सहभागि होमनेट ईन्टरनेशनल नेपालको पहिलो सम्मेलन काठमाण्डौंमा
काठमाडौँ, १२ वैशाख – ‘‘हामी धेरै छौ, हामी एकतावद्ध छौ, हामी होमनेट ईन्टरनेशनल हौ’’ भन्ने मुल नारा सहित आजदेखी काठमाडौं मा होमनेट ईन्टरनेशनल नेपालको प्रथम सम्मेलनको आयोजना भएको छ । चार दिनसम्म च्ल्ने उक्त सम्मेलनमा नेपाल सहित करिव २९ देशका प्रतिनिधी सहभागी रहेका छन् ।
सम्मेलनमा अहिले बढ्दै गएको जलवायु परिवर्तनको असर,संगठन निर्माणमा गर्नुपरेको संघर्ष तथा बिशेष गरी गृह श्रमिकहरुले आप्नो दैनिक जीवनमा सामना गर्नुपरेका समस्याहरुको वारेमा छलफल गरिनेछ । होमनेट ईन्टरनेशनल भनेको सदस्यताममा आधारित सस्ंथाहरुको बिश्वब्यापि सञ्जाल हो ।
सन २०२१ को फेब्रुअरीमा करिव २० वटा देशका ३६ वटा गृहश्रमिक संस्थाहरु आवद्ध भई निमाणर् भएको यस सञ्जालमा अहिले ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पुर्वि एसिया, पुर्वी युरोप र मध्य एसियाका ३३ देशहरुका ७५ सस्थाहरु आवद्ध भएका छन् ।
अनौपचारिक अर्थतन्त्रका अन्य कामदारहरु जस्तै गृहश्रमिकहरुले पर्याप्त आर्थिक तथा कानुनी अवसर सामाजीक सुरक्षा र अफ्नो आवाजको प्रतितिनिधित्व पनि नपाएको अवस्थामा बिशेषगरी महिला श्रमिकहरुलाई थप पहिचानका साथै बिश्वमञ्चहरुमा वलियो, एकतावद्ध, र प्रतिनिधित्वसहितको आवाज प्रदान गरी सरकार र रोजगारदातासंग प्रभावकारी ढंगले संवाद गर्न होमनेट ईन्टरनेशनलको स्थापना भएको हो ।
यस सम्मेलन वाट होमनेट ईन्टरनेशनलले आफ्ना प्राथमिकता गतिशील गृहश्रमिकका उत्पादनको प्रदर्शनका साथै नयाँ सञ्चालक समितिको चयनका लागी यो सम्मेलनको आयोजना गरिएको हो ।

