एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

काठमाडौँ, १२ वैशाख – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।

उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान १० वैशाखमा सकिएको छ ।

Facebook Comments Box