पेनाल्टी चुकाउँदा बराबरीमा रोकियो संकटा
काठमाडौं, ३० फागुन – शहीद स्मारक ए डिभिजन लिगमा मनिष डाँगीले पेनाल्टीमा गोल गर्न नसक्दा संकटा क्लब ३ अंक बटुल्नबाट चुकेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको चर्च ब्वाइज युनाइटेडसँगको खेलको दोस्रो हाफको इन्जुरी समयमा संकटाले पेनाल्टी पाएको थियो ।
गोलरहित बराबरीमा चलिरहेको खेलमा पाएको पेनाल्टीमा मनिषले गोल गर्न सकेनन् । मनिषको प्रहार रोक्दै चर्च ब्वाइजका गोलरक्षक प्रिसोले टिमका लागि १ अंक जोगाए । अहिलेसम्म पराजित रहेको चर्च ब्वाइजले लिगमा यसअघि नेपाल पुलिस क्लब, हिमालयन शेर्पा र एफसी खुमलटारलाई हराएको थियो ।
Facebook Comments Box

