लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै

देउखुरी, ३ फागुन – लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।

Facebook Comments Box