झापाका पत्रकार पुजन घिमिरेलाई प्रेस काउन्सिल नेपालकाे २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २९ मङ्सिर – व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध निरन्तर झुटा समाचार प्रकाशन गर्दै आइरहेका झापाका पत्रकार पुजन घिमिरेलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

घिमिरेले सगरमाथा टेलिभिजनमा व्यवसायी दुर्गा प्रसाईँका विषयमा धारावाहिक झुटा समाचार सम्प्रेषण गरिरहेका थिए । काउन्सिलले यस अघि घिमिरेलाई स्पष्किरण सोधेकोमा चित्तबुझ्दो नभएपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

काउन्सिलले चित्तबुझ्दो जवाफ पेस नगरे पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७१ (घ) बमोजिम कारबाही प्रक्रिया बढाइने भन्दै घिमिरेलाई सचेत गराएको छ ।

Facebook Comments Box