काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको कार्यक्रम सुरु
काठमाडौं, ७ मंसिर – काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको कार्यक्रम सुरु भएको छ। नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले एकै दिन (७ मंसिर) मा कार्यक्रम आयोजना गरेका छन्। दुवै पक्षले माइतीघर मण्डलमा कार्यक्रम गर्न खोजेपछि सरकारले युवा संघलाई काठमाडौँको तीनकुने र दुर्गा प्रसाईं समूहलाई बल्खुमा कार्यक्रमस्थल तोकिदिएको छ।
बिहानैदेखि काठमाडौँका विभिन्न स्थानबाट जुलुसमा सहभागी भई आएका प्रसाईं पक्षधरहरू यतिखेर बल्खुमा जम्मा भएका हुन्। केहीबेर अघि यहाँ युवा संघसँग समूहको झडप पनि भएको थियो। प्रसाईं समूहले आज ठूलो मात्रामा काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि बताएको थियो। कति छन् त बल्खुमा प्रसाईं समूहका समर्थक?
Facebook Comments Box

