आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउछ : केपी शर्मा ओली
काठमाडौं, १९ कात्तिक – नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दावी गरेका छन्। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो दावी गरेका हुन्।
सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकिर पनि उनले गरेका छन्। अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मृत अवस्थामा पुगिसकेकाले यसले देशको, जनताको माया नगरेको समेत बताए।
Facebook Comments Box

