पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ७९८ आरटी पीसीआर तथा ७७३ एन्टीजेन परिक्षण सहित १ हजार ५७१ जनाको परिक्षण गर्दा थप ५३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ४५३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७२७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ५८० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १८ पुगेको छ ।

Facebook Comments Box