प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे कति सिटमा उम्मेदवारी दिए
काठमाडौँ, २७ असोज – प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ । केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन ।
डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको छ भने नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई सघाउने गरी एमालेले उम्मेदवारी नदिएको हो ।उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
नेपाली कांग्रेसका ९१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डाअनुसार कांग्रेसले प्रतिनिधिसभातर्फका ९१ सिटमा आफ्ना उम्मेदवार खडा गरेको हो । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा कांग्रेसले ९१ स्थानमा उम्मेदवार खडा गरेको उल्लेख छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका १४० उम्मेदवार कायम भएका छन् । राप्रपाले आसन्न निर्वाचनका लागि केही सिटमा नेकपा एमालेसँग तालमेल गरेको छ । बाँकी सिटमा भने राप्रपाले सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार कायम रहेको उल्लेख छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

