काठमाडौँमा उपत्याकामा २९५ जना सहित देशभर थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौँ, ९ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २९५ जना सहित देशभर थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ८४ आरटी पीसीआर तथा १ हजार ७१६ एन्टीजेन परिक्षण सहित ४ हजार ८०० जनाको परिक्षण गर्दा थप ५६८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार ६९२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार ५८४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५७ पुगेको छ ।

Facebook Comments Box