काठमाडौँमा उपत्याकामा ४५ जना सहित देशभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ असार – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ४५ जना सहित देशभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ८ आरटी पीसीआर तथा ६१२ एन्टीजेन परिक्षण सहित १ हजार ६२० जनाको परिक्षण गर्दा थप ६२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १०२ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

Facebook Comments Box