तिलोत्तमा नगरपालिकाको रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक
काठमाडौं, ४ जेठ – रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।
निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । तिलोत्तमाका निर्वाचन अधिकृत माधव लोहनीले कर्मचारीबाट त्रुटी भएको भन्दै कर्मचारीलाई कारवाही गरिने बताएका थिए।
Facebook Comments Box

