बालेन साह नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित भन्दा झण्डै दोब्बर मतले अघि

काठमाडौं, ३ जेठ – काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साह नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित भन्दा झण्डै दोब्बर मतले अघि छन्।

३३ हजार २२२ मतगणना हुँदा बालेनले १२ हजार ८७७ मत पाएका छन्। स्थापितले भने ६ हजार १०१ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत ल्याएकी छन्। स्वतन्त्र उम्मेदवार बालेनले पाएको मत स्थापित र सिंहले पाएको मतको करिब बराबर हो।

Facebook Comments Box