निलम्बित गभर्नर अधिकारीको पक्षमा कोणसभा, सरकारविरुद्ध कालो ब्यानर
काठमाडौं, ४ वैशाख – निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा कर्मचारीहरुले केन्द्रीय कार्यालयमा कोण सभा गरेका छन् ।
स्वायत्त संस्थामाथि सरकारले ठाडो हस्तक्षेप गरेकाले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले आन्दोलित भएको हो ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर झुन्ड्याएर उनीहरुले सरकारी कदमको विरोध जनाएका छन् ।कर्मचारी संघले कोणसभा गरेर गभर्नरमाथिको कारबाहीलाई स्वायत्त संस्थामाथिको गैरकानुनी हस्तक्षेपको संज्ञा दिएको छ ।
Facebook Comments Box

