पुस अन्तिमदेखि सरकारले पूर्ण मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज खोप दिने

काठमाडौँ, ८ पुस – कोरोना भाइरसविद्ध खोप अभियान सञ्चालन गरिरहेको सरकारले पूर्ण मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमति लिएर यही पुस अन्तिमबाट बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। डब्लुएचओको अनुमति लिएर पुसको अन्तिमदेखि बुस्टर डोज दिने तयारी सुरु गरिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई बुस्टर डोज दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको हो।

सरकारले अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि मात्रै बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ। पुसको अन्तिमसम्ममा नेपालमा पनि ५० प्रतिशत नागरिकलाई पूर्ण डोज खोप दिने लक्ष्य सरकारले राखेको छ।

Facebook Comments Box