काठमाडौँ उपत्यकामा १ सय २५ जना सहित देशभर थप २३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय २५ जना सहित देशभर थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६, भक्तपुरमा १३ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २३३ आरटी पीसीआर तथा ४ हजार ४३ एन्टीजेन परिक्षण सहित ११ हजार २७६ जनाको परिक्षण गर्दा थप २३६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार २०६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ९ हजार ६६९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५७९ रहेको छ ।

Facebook Comments Box