काठमाडौँ उपत्यकामा २७९ जना सहित देशभर थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १० असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २७९ जना सहित देशभर थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३२, भक्तपुरमा २३ र ललितपुरमा २४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ५८९ आरटी पीसीआर तथा ५ हजार १४७ एन्टीजेन परिक्षण सहित १३ हजार ७३६ जनाको परिक्षण गर्दा ८३४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८१ हजार ९३९ रहेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २७९ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६ रहेको छ

