काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने
काठमाडौँ, ३ असोज – काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने भएको छ। काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट असोज ४ देखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो।
खोप लगाउन अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ।

Facebook Comments Box

